जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका १ जना सहित गण्डकीमा थप ५ जनाको मृत्यु ,कास्कीका १६२ जना सहित गण्डकीमा ३३८ जनामा संक्रमण पुष्ठि

जन्मभुमि खबर,
पोखरा ।

आइतबार गण्डकीका ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ८९ जनामा गरिएको नमुना परीक्षणमा ३३८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १६२ जना, तनहुँका १५ जना, गोरखाका ३० जना, लमजुङका तीन जना, नवलपुरका १७ जना र स्याङ्गजाका ५३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका १९ जना, बागलुङका २५ जना, म्याग्दीका १३ जना र मुस्ताङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६१ हजार ५०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३६६ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५७ हजार ७३० पुगेको छ।

आइतबार गण्डकीमा थप पाँच जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुरका दुई जना, तनहुँका एक जना, कास्कीका एक जना र गोरखाका एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०२५ पुगेको निर्देशनालयले जनाएको छ ।