जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कार्यक्रमलाई व्यवस्थित गर्न छलफल

नारायण सापकोटा
माडी १ बैशाख  । वाग्मती प्रदेशका माननीय सभासद विजय सुवेदीले अयोध्याधामको निर्माण गर्दा वाल्मीकिदेखि ठोरीसम्मका धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका स्थलहरुको स्तरन्नोती गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँनुभयो ।

अयोध्याधाम व्यवस्थापन समितिको अयोजनामा मङ्गलबार अयोध्याधाममा भएको छलफलमा कार्यक्रममा बोल्दै माननीय विजय सुवेदीले सम्माननीय प्रधानमन्त्रीको अभियानलाई गन्तव्यमा पुर्याउने कार्यमा सबैको सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

छलफल कार्यक्रममा राष्टपति कार्यालयका सल्लाहकार खेमचन्द्र ढकालले नेपाल इतिहास, पुराण , ज्ञान विज्ञानको उद्गमस्थल बनेको र त्यसमा अयोध्याधामको विशेष महत्व रहेको बताउँदै यसको योजनाबद्ध विकास गर्नुपर्ने आवश्यकता औंल्याउँनुभयो ।

कार्यक्रममा माडी नगरपालिकका मेयर ठाकुरप्रसाद ढकालले अयोध्याधामको निर्माणले माडीका अन्य तीर्थस्थलहरुको महत्व बढेर जाने भएकोले हल्लाको पछाडि नलाग्न माडीवासीहरुलाई अग्रज गर्दै निर्धारित समयमा नै पुरा गर्ने लक्ष्य लिएर आगाडि बढ्नु
पर्ने आवश्यकता औंल्याउँदै ।

अयोध्यामा व्यवस्थापन समितिका अध्यक्ष तीर्थ भुसालको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा माडी नगरपालिकाकी उपमेयर ताराकाजी महतो, अयोध्या अध्ययन अनुसन्धान र व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेल माडी नगरपालिका प्रवक्ता शिवहरि सुवेदी लगायत उपसमितिहरुले आ-आफ्नो तयारीका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्नको लागि सहमतिबाट विभिन्न उपसमिति निर्माण गरिएको छ । निर्माण , प्रचार प्रसार, अतिथि सत्कार, मञ्च व्यवस्थापन, पूजा व्यवस्थापन, झाँकी व्यवस्थापन लगायत ११ वटा उपसमितिहरु मार्फत कामहरु भइरहेको अयोध्याधाम व्यवस्थापन समितिका अध्यक्ष तीर्थ भुसालले जानकारी दिनुभयो ।

अयोध्याधाममा निर्माणका कार्यहरु अगाडि बढेपछि नगद तथा जिन्सी सहयोगहरु आउन थालेका छन् । सहयोगलाइ व्यवस्थि गर्नको लागि गोल्बल आईएमई बैकमा अयोध्याधाम व्यबस्थापन समितिको नामबाट M३०१०१००००५०८ खाता सञ्चालन भएकोले सहयोग गर्न अयोध्याधाम व्यवस्थापन प्रचार प्रसार उप समितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।