जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

काठमाडौँमा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश

काठमाडौं,बैशाख २७ गते ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा जारी निषेधाज्ञा थप १५ दिन गर्न सिफारिश गरेको छ ।

हिजोको डीसीसीएमसीको वैठकले १५ दिन थप गर्ने प्रस्ताव गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

जारी निषेधाज्ञा २९ गते राती सम्म भएकोले भोलि वेलुकासम्म निषेधाज्ञा थप गर्ने विषयमा निर्णय लिने उहाँले जानकारी दिनुभयो ।

यसका विषयमा भोलि मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ । यही बैठकले निषेधाज्ञाको विषयमा निर्णय लिने बताउनुभयो ।