जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

ओलम्पिक दिवसका दिन प्रदेश खेलकुद परिषद गण्डकीले बक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने

जन्मभुमि खबर,
पोखरा ।

प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेश मावी स्तरिय बक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । जुन २३ अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको परिषदले जनाएको छ ।

कोभिड १९ को महामारी जारी रहेसँगै सम्पूर्ण खेलकुद गतिविधीहरु ठप्प रहेको अवस्थामा प्रविधीको सदुपयोग गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको सदस्य सचिब तेजबहादुर गुरुङले बताएका छन ।

परिषदले तय गरेको भिजन ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ विषयमा आयोजना हुन लागेको उक्त प्रतियोगिता गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालय, नेपाल ओलम्पिक कमिटी, अग्रज खेलाडीहरुको छाता संस्था भुतपूर्व खेलाडी मञ्च नेपालको समेत सहयोग र सहकार्य रहने सदस्य सचिव गुरुङले जानकारी दिएका छन ।

‘परिषदको गठन पश्चात हाम्रो यो पहिलो कार्यक्रम हो, कोभिडका कारण हामीले चालु आवमा नवौं राष्ट्रिय खेलकुदको तयारी लगायतका अन्य तय गरेका धेरै कार्यक्रमहरु स्थगित गर्नु परेको छ,’ उनले भने ।

जुम मार्फत हुने प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र चौथो स्थानसम्म आउने प्रतियोगीहरुलाई क्रमश नगद रु १५, १०, ७, ५ हजारका साथमा मेडल र प्रमाणपत्र तथा पाँचौ देखि १० औं स्थान सम्म हुनेले नगद २–२ हजारका साथमा प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रतियोगितामा सहभागीहरुले नेपाल ओलम्पिक कमिटीको तर्फबाट प्रमाणपत्र गर्ने भएको सदस्य सचिव गुरुङले बताएका छन । प्रतियोगितामा कक्षा ८ देखि १२ कक्षा सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई सफल बनाउन परिषदका सदस्य केशव पाठकको संयोजकत्वमा तिन सदस्यिय उपसमिती गठन गरिएको छ । जसको सदस्यमा परिषदका सदस्य तारा थापा मगर र निर्मला बराल रहेका छन् ।