जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एमाले कास्कीको इन्चार्जमा कृष्ण थापा

जन्मभुमि खबर ,
पोखरा ।

नेकपा एमाले केन्द्रीय सचिवालयले कास्की जिल्ला इन्चार्ज हेरफेर गरेको छ ।
बिहीबार बसेको सचिवालय बैठकले इन्चार्ज रहेका भीम कार्कीलाई हटाएर कृष्ण थापालाई जिम्मा दिएको हो ।

थापा गत स्थानीय तह चुनावमा पोखराको मेयरमा पराजित भएका थिए । इन्चार्जबाट हटाइएका कार्कीलाई भूमि व्यवस्था विभागको उपप्रमुखको जिम्मा दिइएको छ । थापा यसअघि सहइन्चार्ज थिए ।