जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एनआरएनए फ्रान्सको ९औँ महाअधिवेशनको लागी अध्यक्ष पदमा मिन श्रेष्ठको दाबी

यही जुलाई २५ तारिख अर्थात साउन १० गते हुन गइरहेको एनआरएनए फ्रान्सको ९औँ महाअधिवेशनको लागी अध्यक्ष पदमा मिन श्रेष्ठले दाबी गर्ने भएका छन । सामाजिक संजाल फेसबुकमा स्टाटस पोस्ट गर्दै उनले अधिवेशनमा अध्यक्ष पदका लागी आफ्नो दाबी रहने घोषणा गरेका हुन ।

नेपालमा रामेछाप जिल्ला भिरपानी, खाडादेवी गाऊपालिका-३ मा घर भएका श्रेष्ठ बिगत लामो समय देखी फ्रान्समा बस्दै आएका छन । नेपालमा रहँदा पनी विभिन्न संघ संस्थाहरूमा आवद्ध रहि सामाजिक कार्यहरू गरेका उनी फ्रान्समा आएर समेत समाजसेवा गर्ने भावनाले ओतप्रोत भई एन आर एन ए फ्रान्समा २०१३ देखी सक्रिय रहँदै आएका छन ।

एनआरएनए फ्रान्समा आवद्ध रहेपछी पनि २०१३-२०१५ को कार्यकालमा सह-कोषाध्यक्ष, २०१५-२०१७ को कार्यकालमा कोषाध्यक्ष, २०१७-२०१९ को कार्यकालमा पुन: कोषाध्यक्ष र २०१९-२०२१ मा महासचिब भई आफ़नो जिम्मेवारी निर्वाह गरी रहेका छन ।

‘म मेरो समाज सेवा प्रतिको लगाव, अहिलेसम्म काम गरेको अनुभव र योग्यताको आधारमा एनआरएनए फ्रान्स २०२१-२०२३ कार्यकालको लागी मेरो अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दछु ।’ श्रेष्ठ भन्छन, ‘फ्रान्सबासी नेपाली समुदायको सल्लाह र सुझावले नै मलाई सहि निर्णय सम्म पुग्न मद्दत पुर्याउने हुँदा यहाँहरु सबैबाट सुझाव र सल्लाहाको अपेक्षा गर्दछु । साथै २०१९-२०२१ कार्यकालमा कोभिड-१९ को कारणले हामिले घोषणा गरेका एजेण्डाहरु पुरा हुन र गर्न बाकि कार्यलाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै यहाँहरूको अमुल्य मत दिई एनआरएनए फ्रान्समा अध्यक्षका रुपमा काम गर्ने अबसर दिनुहुनेछ भन्ने बिश्वाश लिएको छु।’

उनले आँफु काममा विश्वास गर्ने र बोलेका काम गरेर देखाउने वाचा समेटा गरेका छन । आँफु पदमा रहँदा कर्तब्यनिष्ट भइ कामहरु पुरा गर्ने विश्वास फ्रान्सबासी नेपाली समुदायलाई दिलाउँदै अमुल्य मत दिई एनआरएनए फ्रान्समा अध्यक्षको रुपमा काम गर्ने अबसर दिन समेत अपिल गरेका छन ।

अध्यक्ष पदमा मिन श्रेष्ठ नै किन ?

१ – गैर आवसिय नेपाली संघ फ्रान्सको कार्यालय खोल्न पहिलो प्राथमिकता दिइने छ
२ – फ्रान्समा बसोबास गर्ने नेपाली समुदायलाई अझ एकताबद्ध र मजबुत बनाउदै फ़्रान्समा भएका संघ संस्थाहरु संग समन्वय गरी अगाडी बढने, संघ संस्था बीच समन्वय गर्नको लागी टास्कफोर्च बनाइने छ
३ – कोभीड-१९ को कारणले नेपाली घरको काम अगाडी बढन नसकेकाले कोभीड मत्थर हुँदै गर्दा फ्रन्समा नेपाली सास्कृतिक घर बनाउने कामलाई अगाडी बढाइने र सहकार्य गर्दै अघि बढिने छ
४ – नेपालिको आर्थिक सामाजिक उन्नतिका लागि सरकारी र अन्य निकायहरु संग सहकार्य गर्दै नेपाललाई लक्षित गर्दै नेपाली पर्यटनको प्रवर्द्धनका लागि विभिन्न निकाय संग सहकार्य गर्दै तीव्ररुपमा अगाडी बढिने छ
५ – एनआरएनए राष्ट्रिय समन्वय परिषद फ़्रान्सको बिधानलाई टेकेर क्षेत्रिय एनआरएनए फ़्रान्स बिस्तारको लागी (LCC)तीव्ररुपमा पहल गरिने छ
६ – दोश्रो पुस्ताका नानी बावुहरुलाई नेपाली भाषा, संस्कृति, साहित्य र कला सिकाउन स्थानिय संघ संस्थाहरु संग सहकार्य गर्दै संचालन भइरहेको नेपाली पाठशालालाई अझै व्यवस्थित गरिने छ
७ – एनआरएनए फ़्रान्सको हरेक वर्ष स्मारिका प्रकाशन गरिने छ
८ – नेपाली कला, संस्कृति र प्राकृतिक सुन्दरतालाई फ्रान्समा चिनाउँदै नेपालमा लगानी र नेपालको पर्यटन बिकासलाई टेवा पुर्याउने जस्ता कामलाई अगाडी बढाउन हरकदम पहल हुने छ
९ – फ़्रान्समा उच्च शिक्षा हासिल गर्नको लागी आउने बिद्यार्थीहरुको संख्या बढे संगै उनिहरुको समस्यालाई रचनात्मक छलफल गर्दै समस्याहरुको पहिचान गरि समाधान खोज्न पहल गरिने छ
१० – फ्रान्सबासी नेपालीलाई सुख-दुःखमा आर्थिक देखी हरेक समस्याहरुको लागी गर्न सक्ने साथ र सहयोय निरन्तर रहिरहने छ ।