जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आहा ! रारा गोल्डकप : मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै संकटा क्लब सेमिफाइनलमा प्रवेश

जन्मभुमि खबर
पोखरा ।

पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमफिाइनलमा संकटा क्लब प्रवेश गरेको छ । पोखरा रगंशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले पराजति गर्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ४४ औं मिनेटमा फोफो माले गोल गर्दै संकटालाई अग्रता दिलाउनु भएकाे थियाे । फोफोको उक्त गोल नै संकटाको जितमा निर्णायक बन्न पुग्यो ।

मंगलबार थ्री स्टार र नेपाल पुलिस क्लब भिड्ने छन् । प्रतियाेगितामा एपीएफ क्लब र अफ्रिकन रुट सेमफिाइनलमा पुगिकेको छ ।

चैत २८ गतेसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा एक करोड २९ लाख १ हजार आम्दानी र एक करोड एक लाख ८१ हजार बचत हुने आशा आयोजकको छ । बचत रकम सहाराको एकेडेमीमा खर्च गरिनेछ । हाल एकेडमीमा २४ बालक आश्रित छन् ।