जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आहा ! रारा गोल्डकप : एपीएफ लाई २ गोल ले हराउदै संकटा क्लब फाईनलमा प्रवेश

जन्मभुमि खबर
पोखरा ।

पोखराको मैदानमा एपीएफ निकै अभागी टोली हो । उपविजेतासम्मको यात्रा तय गरेको एपीएफले पोखराको मैदानमा आहाराराको संस्करणका उपाधि उचाल्नै सकेको छैन् । १९ औं सस्करणमा आईपुग्दा फेरी एक पटक सेमिफाईनल भन्दा माथि उठ्न सकेन् । संकटा क्लबसँग २–० को हारसँगै एपीएफ बाहिरिदाँ संकटाले भने फाईनल सुरक्षित गर्यो ।

संकटाको संकटमोचन ३३ औं मिनेटमा हुन पुग्यो । नेराज बस्नेतको लामो फ्रिकिकलाई सुवास गुरुङले गोल गर्दै अग्रता दिलाए । उनको पहिलो हाफमा भएको गोल नै निर्णायक हुदाँ एपीएफलाई आहा रारा गोल्डकपबाट बाहिरन नजिता पर्याप्त रह्यो । पहिलो हाफकै ४१ औं मिनेटमा संकटाले महत्वपूर्ण अवसरलाई गुमायो । सुवास गुरुङले दिएको पासमा एपीएफका गोलकिपर अघि बढिसकेको अवस्थामा ग्लोरे विट गरेपनि गोल गर्नबाट चुके । एपीएफका डिफेन्ण्डर विश्व उदासले क्लियर गरिदिए ।

खेलको ७३ औं मिनेटमा फोफोनाको लङ एयर बललाई दिपेश आलेमगरले हेड गरे । तर उनको हेडर क्रसबारमाथिबाट बाहिरिन पुग्यो । ८९ औं मिनेटमा डिबक्स लाईन नजिकैपाएको फ्रिकिकलाई संकटाका सुवास गुरुङले बाहिर फाले । खेलको ९० औं मिनेटमा आशिष राईको पासमा ग्लोरीले गोल गर्दै जित सुनिश्चित बनाए । राई दिपेश आलेमगरको स्थानमा मैदान प्रवेश गरेका थिए ।

सशस्त्र प्रहरी बलले संकटाको पोष्टमा खासै आक्रमणको रणनीति बुन्नै सकेन् । संकटाको जब्बर डिफेन्स कटाउन एपीएफलाई निकै सकस परेको थियो । खेलमा म्यान अफ दि म्याच संकटाका अमित तामाङ घोषित भए । बिहीबारको अर्को सेमिफाईनल खेल नेपाल पुलिस क्लबले अफ्रिकन रुट्स एशोसियसनसँग खेल्ने छ ।

चैत २८ गतेसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा एक करोड २९ लाख १ हजार आम्दानी र एक करोड एक लाख ८१ हजार बचत हुने आशा आयोजकको छ । बचत रकम सहाराको एकेडेमीमा खर्च गरिनेछ । हाल एकेडमीमा २४ बालक आश्रित छन् ।