जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज २८ औं मदन–आश्रित स्मृति दिवस, दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनाको अझै छानबिन भएन

जन्मभुमि खबर,
पोखरा ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रितको २८ औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो ।

सोही दिनको स्मरणमा नेकपा एमालेले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ ।

नेकपा एमालेभित्र अहिलेपनि जबज लाई लिएर बहस हुने गरेको छ । तिन वर्ष अगाडि नेकपा एमाले र माओवादी केन्द्रबिच एकता भएपनि पार्टीको मार्गदर्शक सिद्धान्तमा कुरा मिल्न सकेको थिएन ।

अहिले दुबै पार्टी अलग अलग भईसकेको अवस्थामा एमालेभित्र जबजको श्रेय कसले लिने भन्ने वहस फेरी सुरु भएको छ ।

झण्डै विभाजनको मुखमा पुगेका एमालेका शिर्ष नेताहरु पार्टी विभाजन रोक्न कार्यदल बनाउन सहमत भएअनुसार हिजो १० सदस्यीय कार्यदल पनि बनाईएको छ ।

तर पनि व्वहारमा नेकपा एमालेले कहिल्यैपनि पार्टीलाई सिंगो र वास्तविक अर्थमै एकताबद्ध भएको सन्देश आम जनमानसमा दिन सकेको छैन ।

एमाले र अन्य कम्युनिष्ट पार्टीबाट पटक पटक प्रधानमत्री हुँदा समेत दासढुंगामा भएको मदन भण्डारीको रहस्यमय जिप दुर्घटनाको अलिहेसम्म छानविन हुन सकेको छैन ।

जिप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको मृत्यु भएको थियो भने चालक अमर लामा बाँच्न सफल भएका थिए ।

लामाको २०६० सालमा हत्या भएपछि यो घटना झनै रहस्यमय बनेको छ । रासस