जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अभियान पुरुष भलिबल प्रतियोगिता कात्तिक दोश्रो साता, टिम दर्ता खुल्ला

 

जन्मभुमि खबर,
पोखरा ।

अभियान युवा क्लवको आयोजनामा हुने चौथो अभियान भलिबल प्रतियोगिता कात्तिकको दोश्रो साता हुने भएको छ । कात्तिक ११, १२ र १३ गते खेलाइने उक्त प्रतियोगिताका लागि टिम दर्ता खुला गरिएको हो ।संघ संस्था तथा क्लव स्तरिय उक्त भलिबल प्रतियोगितामा १२ टिम मात्र सहभागि गराइने प्रतियोगिता संयोजक तथा क्लवका अध्यक्ष राजु गिरीले बताए । उनका अनुसार पहिला आउनेलाई पहिलो प्राथमिकता अनुसार १२ टिमको दर्ता भएपछि दर्ता प्रक्रिया रोकिनेछ ।

रकम संकलन भन्दा पनि युवाहरुलाई खेलकुद प्रति आकर्षण गर्न प्रतियोगितालाई नियमित गरिएको र टिम दर्ता शुल्क जम्मा ५ सय राखिएको सिंयोजक गिरीले बताए । उनका अनुसार प्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै द्धित्तिय हुने टिमलाई नगद रु २५ हजार ५ सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पोखरा ५ मालेपाटन बाराही स्कुलको खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा राष्ट्रिय तथा प्रदेश स्थरिय खेल खेलेका खेलाडी सहभागि हुन नपाउने आयोजकले जनाएको छ ।

विगत १४ वर्षदेखि क्लवले विभिन्न सामाजिक कार्य वृक्षरोपण, स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना, तालिम, खेलकुद लगाएतका कार्य गर्दै आएको छ ।