जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घाँस काट्न गएकी स्याङ्जाकी एक महिलाको लडेर मृत्यु

जन्मभुमि खबर,पोखरा । स्याङ्जामा घाँस काट्न गएकी एक महिलाको लडेर मृत्यु भएको छ ।

स्याङ्जा हरीनास गाउँपालिका ५ बसन्तडाँडाकी ६४ वर्षीया सेती वि.कको घाँस काट्न जाने क्रममा लडि मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

हिजो साँझ घाँस काट्न निस्किएकी उनी घर नफर्के पछि उनको खोजतलास गर्ने क्रममा आज बिहान घाँस काट्ने स्थानबाट अन्दाजी २० मिटर तल मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।