जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

खोप अभियानको चौथो दिन: गण्डकीमा शनिबार १० हजार २ सय ५५ जनाले कोरोना विरुद्धको खोप लगाए

जन्मभुमि खबर ,पोखरा । गण्डकी प्रदेशमा कोरोना विरुद्दको खोप लगाउने अभियान अन्तर्गत शनिबारसम्म कोरोना विरुद्धको खोप लगाउनेको संख्या १० हजार २ सय ५५ पुगेको छ ।

गण्डकीमा खोप लगाउने कूल लक्ष १७ हजार ३ सय ९६ जना मध्ये शनिबारसम्म ५८.९५ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएको  प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

शर्माका अनुसार हालसम्म गण्डकीमा खोप लगाएका कसैमा पनि जटिल प्रकारको प्रतिक्रिया देखिएको छैन । शनिबारसम्म कास्कीमा ४१०४, गोरखामा ७०७, तनहुँ ७०८, नवलपुरमा ७३०, पर्वतमा ६४५, बाग्लुङमा ८१८, मनाङमा १२६ र मुस्ताङमा १३९, म्याग्दीमा ४१३, लमजुङमा १००४ र स्याङ्गजा जिल्लामा ८६१ जनाले कोरोना विरुद्धको खोप लगाएको निर्देशनालयले जनाएको छ ।