जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोना रोकथामका लागि सुरक्षा सामग्रीहरु वितरण

पोखरा । २७ असोज ।
पोखरा २१ रामदीमा रहेको रामदी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अनिको संसारको साथी नेपालबाट प्रदान गर्दै आइएको छात्रवृत्ति अन्तर्गत स्टेसनरी सामानहरु तथा कोरोना रोकथामका सुरक्षा सामग्रीहरु मङ्गलबार अनौपचारिक रुपमा विद्यालयमा वितरण गरिएको छ । संस्थाका अध्यक्ष प्रश्न धमालले अन्य थप सामग्री पनि लगत्तै वितरण गर्ने बताउनु भयो । यो छात्रवृत्ति विगत ४ वर्षबाट यस संस्थाले प्रदान गर्दै आएको प्रधानध्याप रेशम ढकालले बताएका छन् ।