जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

ताप्लेजुङमा ट्रक दुर्घटना

पोखरा ।                                                                       ताप्लेजुङमा ना ३ ख २७४८ नम्बरका मालवाहक ट्रक दुर्घटना भएको छ । कन्चनजङ्घा ढुवानी सेवाको नाममा रहेको ट्रक  झापाबाट सदरमुकाम फुङलिङ बजारतर्फ आउने क्रममा मेची राजमार्ग अन्तर्गत मेवाखा सडकमा दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङका प्रमुख असई दिपक दुलालले जानकारी दिएका छन् ।  दुलालका अनुसार  ट्रक  ब्रेक फेल भएर दुर्घटना भएको र  मानवीय क्षति भने नभएको बताएका छन् ।

 

दुर्घटनापछि ट्रकमा भएको सामाग्रीलाई अर्काे ट्रक मार्फत बजार पठाईएको जानकारी गराए ।  ट्रकमा दैनिक उपभोग्य खाद्यान्न सामाग्री र ४ ड्रम पेट्रोलियम पदार्थ ल्याइएको जनाइएको छ ।