जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

ध्वनि सहितको वृहत ¥यालि

  1. पोखरा ।

सत्यग्रहि डा. गोविन्द के.सिको स्वास्थ्य नाजुक बन्दै गएको र सरकारले वार्ताको पहल नगरेको भन्दै उनको माग पुरा गरि जिवन रक्षाको माग गर्न “ जागौ पोखरा ” अभियानले सशक्त दबाब मुलक ध्वनी सहितको बृहत ¥यालिको आयोजना गर्ने भएको छ ।

सो कार्यक्रमका लागि पोखरामा रहेका विविन्न संघ सस्ंथा , स्वास्थ्यकर्मी , मानव अधिकारबादी , विभिन्न अभियानका अभियानता, राजनीतिक तथा बौद्धिक ब्याक्तित्व लगाएत सङ छलफल गरि तय गरिएको सुचना अधिकारी तथा प्रबक्ता कृष्ण बरालले जानकारी दिनुभयो ।

कार्यक्रम यहि असोज १९ गते सोमबार दिउसो २:०० बजे देखि ३:३० बजेसम्म हुने छ । कार्यक्रम पृथ्वीचोक ,सभागृह चोक ,न्युरोड हुदैँ मानवअधिकार चोक मा गएर समाप्न हुनेछ । सत्याग्राही डा. के.सि हाम्रो र हाम्रा सन्ततीको लागि आफ्नो जीवन नै दाउमा राखी अनशन बस्नु भएको हुदा, उहाँको जीवन रक्षाको लागि पोखराबासिलाई र्‍यालीमा सहभागी भै सचेत नागरिक कर्तव्य पूरा गर प्रबक्ता बराल आग्रह गर्नुभयो ।