जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पिङ खेेल्ने बिषयमा युवाहरू बिच झगडा हुदाँ एक युवाको मूत्यु

स्याङ्जा ।                                                                     स्याङ्जाको पुतलीबजार नगरपालिका-६ टक्सार कोल्डाँडामा पीङ खेल्ने क्रममा विवाद भई हात हालाहाल  हुदाँ एक जनाको मृत्यु भएको छ।   मृत्यु हुने  सोही स्थान बस्ने २९ वर्षीय सूर्य बहादुर गुरुङ  रहेका छन्। गम्भीर घाइते भएका गुरुङलाई तत्काल जिल्ला अस्पताल लगिएपनि अस्पतालले मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरेकोमा उपचारका क्रममा उनको मंगलबार राति मृत्यु भएको थियो ।  कुटपिट गरी हत्या गरेको अभियोगमा स्याङ्गजा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतली बजार नगरपालिका वडा नं -६ पुरीस्वारा बस्ने ३४ वर्षीय टाउके भन्ने ईन्द्रजित गुरुङ र ३४ वर्षीय गिर बहादुर गुरुङ रहेका छन् ।साथै घटनामा संग्लग्न रहेको आशंकामा थप २ जनालाई समेत नियन्त्रणमा लिएको छ ।

घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।