जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गैडाको आक्रमणबाट एक जनाको मृत्यु

नवलपरासी ।
नवलपरासी पुर्व नवलपुरमा गैडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।देवचुली नगरपालिका -१७ कुलेनीमा आज गैडाको आक्रमणमा परी सोही स्थानका ६५ बर्षीय जङ्गीलाल मुखियको मृत्युु भएको वडा अध्यक्ष बिष्णु प्रसाद आचार्यले जनकारि दिएका छन्।
विहान करिब ५ बजेको समयमा खेतमा तोरी छर्न जाने क्रम्मा गैडाले उनलाई आक्रमण गरेको थियो।आक्रमणको केही समय पछि मात्र स्थानीयले उद्दार गरि उपचारका लागि भरतपुर लैजाने क्रम्मा बाटोमा नै ज्यान गएको आचार्यले जनाए।