जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोना संक्रमण बाट ११ लाख भन्दा बढीले ज्यान गुमाए

पोखरा ।                                                                            विश्वभर कोरोना संक्रमण बाट ११ लाख भन्दा बढीले ज्यान गुमाएका छन्।
विश्वभर ३ करोड ९१लाख व्यक्तिमा कोरोना पुष्टि भएको छ।हाल ११ लाख ३ हजारको ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ।जसमध्ये २ करोड ९३लाख जनामा निको भएको छ।अहिले विश्वभर ८६लाख ९७ हजार सक्रिय संक्रमित रहेका छन्।
हाल सम्म विश्व भरिका देश मध्य अमेरिकामा सबै भन्दा धेरै ८२ लाख मानिस मा कोरोना देखिएको छ।जसमध्ये २ लाख २२ हजार को ज्यान गएको छ।यस्तै भरतमा ७३ लाख ६५ हजार संक्रमित छन भने १ लाख १२ हजारको ज्यान गएको छ।
यस्तै ब्रजिलमा ५१ लाख ६९ हजार कोरोना संक्रमित देखिएको मा १लाख ५२ हजार को ज्यान गएको वल्ड्रोमिमिटरले जनाएको छ