जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज वि.स.२०७७ फागुन १८ गते, मंगलवार ।तपाईंको आजको शुभ राशिफल

आज वि.स.२०७७ फागुन १८ गते, मंगलवार, २ मार्च २०२१। फाल्गुण कृष्ण पक्ष तृतीया तिथि (९ः०२ बजेदेखि चतुर्थी), हस्त नक्षत्र (८ः४५ बजेदेखि चित्रा), चन्द्रराशि– कन्या।

मेष
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । साथीभाईको सहयोग मिल्नेछ । आयआर्जन पनि राम्रै हुनेछ ।

वृष
आफ्नो अधिकारको लागि लड्नुपर्ने छ । काम र व्यापार व्यवसायबाट फाइदा उठाउन सकिनेछ । शत्रुहरू पराजित हुनेछन ।

मिथुन
काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।

कर्कट
सन्तानले प्रसन्नता दिलाउनेछन । परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ । मान्यजनको सहयोगमा काममा सफलता मिल्नेछ।

सिंह
परिवारको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । ब्यापार ब्यबसायबाट पनि फाइदा हुनेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।

कन्या
दाम्पत्य जीबनमा खुसियाली छाउनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । काममा सफलता मिल्नेछ । आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ ।

तुला
सामाजिक मानसम्मान पाइने समय छ । रमाइलो यात्राको मौका रहेकोछ। अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । काममा केही चुनौतीहरू देखिनेछन ।

वृश्चिक
सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका श्रोतहरु फेला पर्नेछन । साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ ।

धनु
ब्यापार ब्यबसायबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सफल गर्ने मौका छ ।

मकर
पारिवारिक सम्बन्धमा सुधार आउनेछ भने मन खुसि रहनेछ । मान्यजनको सुझावले नयाँ काममा हात लाग्नेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।

कुम्भ
धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन । मनग्य धन कमाउने अवसर मिल्नेछ । पुरानो समस्याले पनि झमेला आइलाग्ने योग रहेकोछ ।

मीन
पारिवारिक जमघटमा मन रमाउनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ।