जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सहकारी संस्थाले सेवा शुुल्क १% मात्र लिन मिल्ने। माघ बाट नियम लागू हुदैं

काठमाडौं ।                                                               सहकारीहरुको ऋण लगानी गर्दा लिने सेवा शुल्कको सिमा तोकिएको छ । सहकारीको ऋणको ब्याजदर घटाएसँगै चर्काे सेवा शुल्क असुल्न थालेका सहकारीहरुले अब बढीमा १ प्रतिशत मात्र सेवा शुल्क लिन पाउने भएका छन । यो व्यवस्था माघबाट लागु हुने सहकारी विभागले बताएको छ । निर्देशन अनुसार लघुवित्त ऋणमा भने १.५ प्रतिशसम्म सेवा शुलक लिन पाउनेछन ।

सहकारी ऐन, २०७४ को दफा ५९९३० र नियमावलीको दफा ७६ (१) (झ) बमोजिम तथा राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ र राष्ट्रिय सहकारी बैङ्कका प्रतिनिधिहरु सम्मिलित बैठकको निर्णय एवं प्राप्त सुझावका आधारमा सेवा शुलक निर्धारण गरिएको विभागले जनाएको छ ।