मङ्लबार, चैत्र २५, २०७६

राजनीति

एसएसबीले बन्दुक देखाएर धम्क्याउँछन्

एसएसबीले बन्दुक देखाएर धम्क्याउँछन्

सप्तरी, २४ कात्तिक । छिन्नमस्ता गाउँपालिका – ४ लालापट्टीका बासिन्दाले सीमा क्षेत्रको नेपाली भूमिमा बनाउन खोजेको श्मशानघाट गृह भारतीय सीमा सुरक्षा बल (एसएसबी) को अवरोधका कारण रोकिएको छ । साविकमा बग्ने त्रियुगा खोला किनारमा पुस्तौंंपुस्तादेखि शव जलाउँदै आएका छिन्नमस्ता गाउँपालिका– ४ लालापट्टीवासीले बनाउन शुरु गरेको श्मशानघाटको आधा काम सकिएपछि एसएसबीले अवरोध गरी काम रोक्न लगाएको हो । दशगजामै खेती गर्ने र झुप्रा लगाउने गरेका भारतीयले सीमा अतिक्रमण गर्ने ध्येयले सीमा क्षेत्रको नेपाली भूमिमा श्मशानघाट बनाउन रोकेको छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका धनञ्जय यादवको भनाइ छ । छिन्नमस्ता गाउँपालिका वडा नं ४ का वडाध्यक्ष रामनन्दन पण्डितले दशगजा क्षेत्र देखाउँदै भने, ‘भारतीयहरूले दशगजामै खेती गरिरहेका छन् तर, हामीले आफ्नै भूमिमा श्मशानघाट बनाउन पाएनौंं ।’ एसएसबीले दक्षिणी सीमा क्षेत्रका नेपालीमाथ
पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन।

पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन।

काठमाडौं,१९ फाल्गुण। पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । लामो समयदेखि बिरामी कम्युनिस्ट नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेटमा ह्याम्स अस्पतालमा निधन भएको हो । अस्वस्थ भएपछि गत पुस २३ गते उनलाई सुरूमा ललितपुरकाे मेडिसिटी र त्यसपछि ह्याम्स अस्पतालमा भर्ना गरिएकाे थियाे । नेता अधिकारीलाई हेर्न पुगेका मोरङ समाज काठमाडौँका अध्यक्ष कृष्णमुरारी कोइरालाका अनुसार भेन्टिलेटरमा नेता अधिकारीको श्वास प्रश्वास कम हुँदै गएको थियो । अधिकारीको निधन भएको खबर पाएसँगै अस्पताल परिसरमा आफन्त र शुभेच्छुकको रुवाबासी भएको छ । फोक्सो र मुटुमा समस्या हुँदा तीन हप्तादेखि ह्याम्स अस्पतालमा उपचाररत अधिकारीलाई बचाउन नसकिएको ह्याम्स अस्पतालका मेडिकल डाइरेक्टर डा. भाष्करराज पन्त र अस्पतालको क्रिकिटल केयर सर्भिसेजका संयोजक डा.हेमराज पनेरूले दिएका छन् । शनिबार द

गोरेको बयानका आधारमा नेकपाका नेता पक्राउ

विराटनगर – साढे ३३ केजी सुन तस्करी र सनम हत्या प्रकरणमा संलग्न भएको आरोपमा मोरङको उर्लाबारीबाट नेपाल कम्युनिस्ट पार्टी का कार्यकर्ता रेवत आचार्य पक्राउ परेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । आचार्यलाई जिल्लाबाट गएको प्रहरीको टोलीले साँझ साढे ९ बजे नियन्त्रणमा लिएको हो । चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ । गएको संसदको चुनावमा गोरेसँग सांसद घनश्याम खतिवडालाई २ लाख चुनाव खर्च उपलब्ध गराउने व्यक्ति आचार्य थिए । उर्लाबारी ५ घर भएका आचार्यको उर्लाबारीमा सुन पसल छ । प्रहरीले भने आचार्यलाई पकाउ गरिएको विषयमा स्वतन्त्र रुपमा पुष्टि गरेको छैन । मोरङका कार्यवाहक प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निशान थापाले यो विषयमा थप खुलाउन चाहेनन् । स्रोत : onlinekhabar
नेकपाले २२ गते नेपाल बन्दकाे घोषणा।

नेकपाले २२ गते नेपाल बन्दकाे घोषणा।

पोखरा १९ बैशाख । वैशाख २२ गते विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आह्वान गरेका छन् । विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरिएका हुन् । नेपाल कम्युनिष्ट पार्टीले वर्तमान सरकार र बामगठवन्धनले जनताको संघर्षबाट प्राप्त उपलब्धिहरु खोसेको, भ्रष्टाचारीलाई संरक्षण गरेको, देशको सिमा मिचिदा पनि चुप बसेको लगायतका आरोप लगाउँदै नेपाल बन्दको आह्वान गरेको जनाएको छ । पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,“विचार राख्ने सभाजुलसु गर्ने अधिकारमाथि पनि प्रतिबन्ध लगाउँदै गएको छ भने भष्ट्राचारी, कालोबजारी र राष्ट्रघातीहरुलाई संरक्षण गरिरहेको छ” । बन्द कार्यक्रमलाई सफल बनाइदिन पार्टीले सबैलाई आग्रह गरेको छ ।

जग्गा बाँझो राखेमा कारबाही गरिने लेखबहादुर।

 पोखरा १७ चैैत।प्रदेश ४ मा जग्गाको खण्डीकरण रोकेर चक्लाबन्दी गर्नुपर्ने आवाज उठ्न थालेको छ । प्रदेश नम्बर ४ को कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ‘प्रदेश ४ को भूमि सम्बन्धी नीति तर्जुमा’ विषयक अन्तरक्रियात्मक गोष्ठीमा सहभागी विज्ञ, कर्मचारी, सुकुम्बासीलगायतका सरोकारवालाहरुले प्लटिङका नाममा जग्गा खण्डीकरणले उत्पादनशील क्षेत्र तहसनहस् भएको भन्दै त्यसलाई रोकेर जग्गा चक्लाबन्दी गर्नुपर्नेमा जोड दिएका हुन् ।उनीहरुले जग्गा चक्लाबन्दीमा जग्गाको हदबन्दी बाधक भए उत्पादनशील क्षेत्रमा लगानी गर्ने सहकारी, कम्पनीलगायतलाई हदबन्दी खुल्ला गरेर भए पनि जग्गाको चक्लाबन्दी गर्न दिइनुपर्ने बताए ।प्रदेश ४ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री लेखबहादुर थापाले सुकुम्बासीलाई एक चरण जग्गा उपलब्ध गराउनैपर्ने बताए । एक पटक जग्गा दिइसकेका सुकुम्बासीलाई भने त्यसपछि नदिने व्यबस्था कानून मै उल्लेख गर्नुपर्ने
स्याङ्जा का घर घरमा सभासद।

स्याङ्जा का घर घरमा सभासद।

पोखरा १२ फाल्गुन। नेता भनेको त यस्ता पो हुनु स्याङ्जाको रामकोटका जनता बोल्दैँ थिए।विविन्न चुुनाव सकिए पछि पनि जनताको पिर मर्क जानकारि लिन नेताहरू घर घर पुग्ने गरेका छन्। जनता नै सबैभन्दा  ठूूला हुन र हामी सबैका भगवान हुन  तपाईहरू यो जित हाम्रो होइन तपाईहरूको हो अबको ५ बर्ष म तपाईंहरूको हुँँम  भनि सबैका घर घर मा पुगे प्रदेश सभा सदस्य स्याङ्जा क्षेत्र  नं१खका सभासद मिन प्रसाद गुरूङ्ग । (more…)

विप्लवद्वारा फागुन ८ गते नेपाल बन्दको अव्हान।

काठमाडौ ८फागुन– नेपाल कम्युनिष्ट पार्टीले फागुन  ८गते नेपाल बन्दको आव्हान गरेको छ । पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लेआइतबार एक विज्ञप्ति जारी गर्दै कम्युनिस्ट नामबाट सरकारमा पुगेका ओलीले आफ्नो पाखण्डी एवं दमनकारी चरित्रलाई नांगो बनाएको बताएका छन् । उनले यो गिरफ्तारीको घोर भर्तसना समेत गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विराटनगरमा आयोजना गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी केही नेतालाई नियन्‍त्रणमा लिएको थियो । नेता, कार्यकर्ता रिहा नगरिए ८ गते नेपाल बन्द हुने विप्लवको चेतावनी छ । विप्लवले शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गर्न निर्देशन दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले जनघाती काम गरेको भन्दै कडा शब्दमा विरोध गरेका छन् । विप्लवले प्रधानमन्त्री ओलीलाई सामाजिक दलाल भन्दै शान्तिपूर्ण कार्यक्रममाथिको हस्तक्षेपले राजनीतिक स्वतन्त्रताको स्वर उराल्ने प
देउवालाई दिल्लीमा विदेशमन्त्रीको स्वागत

देउवालाई दिल्लीमा विदेशमन्त्रीको स्वागत

तस्वीरः नेपाली दूताबास, दिल्ली  ७ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने भारत भ्रमणका क्रममा नयाँदिल्ली पुगेका छन् । देउवा विमानस्थलबाट राष्ट्रपति भवन प्रस्थान गरेका छन्, जहाँ उनी बस्नेछन् ।नेपाल एयरलाइन्सको विमानबाट दिल्ली पुगेका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन् ।