शनिबार, साउन २४, २०७७
काेराेना भाइरस - COVID - 19

७१६७३५

१९१९३६६१

११६११०२९
मृत्यु
७०
संक्रमित
२२२१४
निको भएका
१५८१४





Last Update : २४ श्रावण २०७७, शनिबार

आर्थिक

प्रतिव्यक्ति ऋण ३२ हजार ९७८ रुपैयाँ

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म प्रतिव्यक्ति ऋण ३२ हजार ९ सय ७८ रुपैयाँ पुगेको छ। महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा आव ०७५÷७६ को पहिलो ८ महिनासम्म देशको कुल ऋण दायित्व नौ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ पुगेको उल्लेख छ। आन्तरिक ऋण तीन खर्ब ८५ अर्ब ६८ करोड रुपैयाँ छ। यस्तै, वैदेशिक ऋण पाँच खर्ब ६१ अर्ब ७४ करोड रुपैयाँ छ। यो ऋण आवको कुल गार्हस्थ उत्पादनको ३१.६८ प्रतिशत हो। त्यसमा आन्तरिक ऋण १३ प्रतिशत र वैदेशिक ऋण १८.६७ प्रतिशत छ। कुल जनसंख्या दुई करोड ८७ लाख २९ हजारलाई आधारमान्दा यस अवधिसम्म प्रतिव्यक्ति ऋण दायित्व ३२ हजार ९ सय ७८ रुपैयाँ छ। गत आवको प्रतिव्यक्ति ऋण दायित्व ३१ हजार सात सय ७५ रुपैयाँ छ। महालेखा नियन्त्रक कार्यालयले गत वैशाखसम्म यस्तो ऋण २९ हजार रुपैयाँ पुगेको जनाएको थियो।  

बैंकको ब्याजदर निर्धारणमा सरकारले प्रत्यक्ष हस्तक्षेप नगर्ने

बैंकको ब्याजदर निर्धारणमा सरकारले प्रत्यक्ष हस्तक्षेप नगर्ने भएको छ । व्यवसायीले कर्जाको ब्याजदर उच्च हुँदा व्यवसाय सञ्चालन गर्न समस्या भएको भन्दै हस्तक्षेप गर्न सरकारसँग आग्रह गरेका थिए । तर, अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकको सहजीकरणमा बैंकर र व्यवसायीले समस्याको समाधान खोज्नुपर्ने भन्दै प्रत्यक्ष हस्तक्षेप नगर्ने बताएका हुन् । प्रधानमन्त्री केपी ओलीले निजी क्षेत्रको सुझाबअनुसार उत्पादनमूलक क्षेत्रमा प्रवाह भएको कर्जाको ब्याजदर घटाउन शनिबार अर्थमन्त्री र गभर्नरलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि अर्थमन्त्री खतिवडाले सोमबार उद्योगी व्यवसायी, बैंकर, राष्ट्र बैंक र बिमा समितिका प्रतिनिधिलाई बोलाएर छलफल गरेका हुन् । छलफलका क्रममा अर्थमन्त्री खतिवडाले बैंकको ब्याजदर निर्धारणमा सरकारले प्रत्यक्ष हस्तक्षेप नगर्ने बताएको छलफलमा सहभागी एक उद्योगीले बताए ।
कमाईको १० प्रतिशत आमा बाबुका लागि छुटाउनु पर्ने।

कमाईको १० प्रतिशत आमा बाबुका लागि छुटाउनु पर्ने।

कात्तिक २६, काडमाडौं । के तपाई सरकारी वा निजी संस्थामा काम गर्नु हुन्छ? अनि आमाबुवाको लालानपालनको दायित्वबाट पन्छिनुभएको त छैन? अब भने कानुनले नै तपार्इलाई जिम्मेवार बनाउँदै छ।   सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनैपर्ने प्रावधानसहितको नयाँ कानुनको तयारी सरकारले गरिरहेकाे छ। जेष्ठ नागरिकको स्वास्थ्य, लालनपालन तथा भविष्य सुनिश्चित गर्न यस्तो प्रावधान राखिएको राईकाे भनाइ छ। ‘आर्थिक कारणले नै जेष्ठ नागरिकको जीवन दयनीय बन्ने गरेकोले परिवारका सदस्यलाई लालनपालनमा जिम्मेवार बनाउन खोजिएको हो’ उनले भने। कानुनमा मासिक रुपमा आमाबुवाको बैंक खातामा रकम दाखिला गर्नुपर्ने प्रावधान राख्न लागेको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईले बताए। सरकारले जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ संशोधन गरी यस्तो प्रावधा
पशु–पन्छीलाई दिइने  ‘ग्रोथ हर्मोनले ‘ यस्तो असर गर्छ मानव स्वास्थ्यमा !

पशु–पन्छीलाई दिइने ‘ग्रोथ हर्मोनले ‘ यस्तो असर गर्छ मानव स्वास्थ्यमा !

पोखरा,२ कात्तिक। हिजो आज व्यापारिहरूले नाफाका लागि पशु–पन्छीको छिटो बृद्धि–विकास गराउन ‘ग्रोथ हर्मोन’लगायतका औषधि दिनु सामान्य भइसकेको छ । तर, त्यसको प्रत्यक्ष असर मानव स्वास्थ्यमा परिरहेको छ । पशुलाई दिइएको त्यस्तो औषधि दुध, मासुमार्फत मानव शरीरमा प्रवेश गर्दा सामान्य रोग लाग्ने वित्तिकै ‘एन्टिबायोटिक’ प्रयोग गर्नुपर्ने चिकित्सकको भनाइ छ ।   गाइ–भैसीको दुध बढाउन दिइने ‘अक्सिटोसिन’ले जनावरको आयु मात्रै घटाउँदैन, त्यसरी औषधि खुवाइएका गाई–भैंसीको दुध पिउँदा मानब स्वास्थ्यमा पनि गम्भीर असर पर्ने जानकारहरू बताउछन्। विशेषत किशोरीमा कम उमेरमा महिनावारी हुने र हर्मोनको गडबडी हुने समस्या पनि निम्त्याउँछ । आज भोलि पोल्ट्री फर्मका कुखुरालाई छोटो समयमै अस्वाभाविक रूपमा बढाउन र चाँडै अण्डा पार्ने बनाउन ‘ग्रोथ हर्मोन’ दिइन्छ । जुन अन्ततः मासु र अण्डा खानेको मानिसको पेट

नेपाली मुद्रा इतिहासकै कमजोर

काठमाडौ– नेपाली मुद्रा कमजोर हुने क्रम जारी छ। नेपाल राष्ट्रबैंकले बिहिबारका लागि १ अमेरिकी डलर बराबर ११३ रुपैयाँ २५ पैसा सटही दर निर्धारण गरेको छ। यो सटही दर इतिहासकै उच्च हो।अमेरिकी अर्थतन्त्र बलियो बन्दै जाँदा त्यसकाे असर भारतीय मुद्रा हुँदै नेपाली मुद्रामा पनि परेको हो। राष्ट्रवैंक विदेशी विनिमय विभागका अनुसार यो दर हालसम्मकै उच्च दर हो भने एकैदिनमा नेपाली मुद्रा प्रति डलर १ रुपैयाँले कमजोर भएको हो।  विभागका निर्देशक भिष्मराज ढुँगानाका अनुसार डलरको माग विश्वव्यापीरुपमै बढेकाले भारतीय रुपैयाँ कमजोर बनेको हो। नेपाली मुद्राको विनिमयदर भारतीय मुद्रासँग स्थीर रहेकाले नेपाली मुद्रा डलरसँग कमजोर बन्दै गएको हो। भारतीय रुपैयाँ १०० बराबर नेपाली १६० रुपैयाँ स्थीर विनिमय दर छ।नवउदीयमान अर्थतन्त्रभएका मुलुकसँग अमेरिकाको व्यापार टकराव, ल्याटिन अमेरिकी मुलुकसँगको व्यापारमा अमेरिकी आकर्षण र आफ्ना नाग

  स्वास्थ्य सेवा र शिक्षा सेवा कर खारेजको घोषणा

सरकारले स्वास्थ्य सेवा र शिक्षा सेवा कर खारेजको घोषणा गरेको छ । अहिलेसम्म शिक्षा सेवामा एक प्रतशत र स्वास्थ्य सेवामा जारी हुने बिजकको ५ प्रतिशत शुल्क लिने व्यवस्था थियो । सरकारको यो शुल्क हटाउने निर्णयले बहुसंख्यक नागरिकलाई लाभ मिल्नेछ । यस्तो सेवा शूल्क अहिले शैक्षिक तथा स्वास्थ्य संस्थाले सेवाग्राहीबाटै असुलिरहेका थिए ।साथै निजी स्वास्थ्य संस्थाहरुले लिादै आएको मूल्य अभिबृद्धि कर पनि खारेज गरेको छ

गाडी र मोटरसाइकल महंगिने, बजेटबाट बढाइयो कर

सरकारले  निजी प्रयोजनका ठूला सीसीको सवारीमा सवारीको इन्जिन क्षमताअनुसार अन्तःशुल्क कर बढाएको छ । अब नेपालमा ठूला सीसीका कार तथा मोटरसाइकल महंगिनेछन् । नयाँ बजेटमार्फत १००० सीसी भन्दा ठूला सवारीमा कर बढाइएको छ । सरकारले १२५० सीसीभन्दा बढीका मोटरसाइकलमा पनि अन्तःशूल्क बढाएको छ । सरकारले आयात नियन्त्रणको लागि विभिन्न नयाँ नीतिगत तथा करको संरचनागत परिवर्तन गर्ने संकेत यसअघि नै गरिसकेको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले पटक-पटक अनुत्पादक क्षेत्रमा हुने लगानीलाई निरुत्साहित गर्ने योजना सरकारले ल्याउने बताउँदै आएका थिए ।

कर्मचारीलाई राहतः महंगी, पोशाक भत्ता र बीमा रकम बढ्यो

१५ जेठ, काठमाडौं । सरकारले कर्मचारीहरुको तलब नबढाएर महंगी र पोशाक भत्ता बढाएको छ । महंगी भत्ता मासिक १ हजार र पोशाक भत्ता मासिक २ हजार ५ सय रुपैयाँले बढाएको हो । यसअघि मासिक एक हजार रुपैयाँ मासिक भत्ता र वार्षिक साढे ७ हजार रुपैयाँ पोशाक भत्ता सबै तहका कर्मचारीहरुले पाउने गर्दथे । पोशाक भत्ता निजामती सेवाका कर्मचारीहरुसँगै स्वास्थ्य सेवा र शिक्षकहरुले पनि पाउने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । यसअघि कर्मचारी ट्रेड युनियनले तलब भत्ता बढाउन अर्थमन्त्रीलाई दबाव दिएका थिए । हरेक दुई-दुई वर्षमा कर्मचारीहरुको तलब समायोजन गर्ने कानुनी व्यवस्था छ । सरकारले पछिल्लो पटक २०७३ सालमा कर्मचारीको तलव वृद्धि गरेको थियो । पछिल्लो १० वर्षको अवधिमा सरकारले ६ पटकसम्म तलव पुनरावलोकन गरेको छ .

फेरी बढ्यो इन्धनको मूल्य

वैशाख, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको सोमवार बसेको बैठकले प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ र डिजेल र मट्टतिेलमा २/२ रुपैयाँ मूल्य बढाएको हो ।नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटरमा एक सय ६ र डिजेल र मट्टीतेल ८७/८७ रुपैयाँ पुगेको छ ।

नेपाल आयल निगमले इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा १७ गुणा महँगोमा खरिद

३० चैत , नेपाल आयल निगमले इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा करिब सबा ६१ करोड रुपैयाँ राजस्व छली गरेको र १७ गुणा महँगो मूल्य तिरेर अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। निगमले चितवन, रूपन्देही, झापा, सर्लाहीमा दुई अर्ब ३१ करोड रुपैयाँको ९१ बिघा जग्गा खरिद गर्दा ६१ करोड ३४ लाख रुपैयाँ आय कर छली गरेकाले छानबिन गरेर असुल गर्नुपर्ने ठहर महालेखाले गरेको छ।जग्गा खरिद कानुनम्मत नदेखिएको महालेखा परीक्षक कार्यालयको निष्कर्ष छ । यसअघि विभिन्न संसदीय समिति र आपूर्ति मन्त्रालयले पनि जग्गा खरिदमा करोडौं रुपैयाँ घोटाला भएको प्रतिवेदन तयार पारेका थिए। ‘जग्गा खरिदमा १७ गुणा बढी रकम तिरेको देखियो,’ महालेखा परीक्षक टंकमणि शर्माले  भने, ‘त्यत्रो पैसा खर्च हुने होइन ।’  सम्झौता भएकामध्ये ७५ बिघा आठ कठ्ठा खरिद गरी एक अर्ब ९६ करोड रुपैयाँ मात्र भुक्तानी भएको महालेखाले जनाएको छ । ‘खरिद प्र