जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बम बिष्फोटमा परि ७ जनाको मृत्यु ७० भन्दा बढी घाईते

एजेन्सी ।                                                                   पाकिस्तानको पेशावर शहरमा बम विष्फोट हुदाँ सातजनाको मृत्यु भएको छ । एक मदरसामा बम विष्फोट  भएको हो।

प्रहरीका अनुसार यो विष्फोटमा परी कम्तीमा सातजनाको मृत्यु भएको छ भने ७० जना भन्दा धेरै मानिसहरु घाइते भएका छन्।प्रहरीले विष्फोटमा परी बालबालिकाहरुको पनि मृत्यु भएको जनाएको छ।

यो हमला उत्तरी शहर पेशावरमा भएको हो। अहिलेसम्म विष्फोटको जिम्मा कसैले लिएको छैन ।