जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

२७० जना कोरोना संक्रमित थपिए,मृत्यु संख्या २ हजार नाघ्यो

थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २७० जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ६९ हजार ४५० पुगेको छ।

पछिल्लो २४ घण्टामा ४०३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६४ हजार १३७ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार एक पुगेको छ।