जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले माघ १ गते माघि तथा माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

आजकै मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।