जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जन्मभुमि खबर,कोरोना संक्रमणका कारण पोखराका पूराना होटल व्यवसायी सूर्य तुलाचनको निधन भएको छ । महेन्द्रपुल स्थित न्यू सांग्रिला होटलका सञ्चालक उनी पृथ्वी होटल व्यवसायी समितिका उपाध्यक्ष पनि हुन् ।

काठमाडौंको ह्याम्स अस्पतालमा उपचारको क्रममा ५८ बर्षको उमेरमा उनको निधन भएको हो । गत कात्तिक २४ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई निमोनियाले ग्रस्त बनाएपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

काठमाडौं स्वयम्भुमा अन्त्येष्टी गरेर परिवार पोखरा फर्किसकिएको छ । मुस्ताङको घाँसा पुख्र्यौली घर भएका तुलाचनको परिवार कास्किको अन्नपूर्ण गाउँपालिका लुम्ले हुँदै २०५० सालमा पोखरा झरेका थिए ।

तुलाचन थकाली सेवा समितिमा कार्यसमिती सदस्य पनि हुन् ।