पोखरा ।
कोरोनाका कारण पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज एक जनाको मृत्यु भएको छ।पोखरा महानगरपालिका ५ निवासी ५९ बर्षिय महिलाको मृत्यु भएको पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।उनमा कात्तिक १४ गते कोरोना देखिएको थियो। यो संगै कोरोनाका कारण कास्कीमा मृत्यु हुनेको संख्या ३० पुगेको छ।