जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेश मा थप १ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा ।

नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), देबचुली नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेेका  बर्ष ४० का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनलाई  नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) को रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ। यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४५ पुगेको छ ।