Home / समाचार / पोखरा १७ मा किसान बजार समुद्गघाटन।

पोखरा १७ मा किसान बजार समुद्गघाटन।

पोखरा ,भदौ ३१ ।

“स्थानीय कृषि उत्पादन प्रवर्द्धन ,उपभोक्तालाई स्बच्छ वस्तु उपलब्धता “भन्ने मुल नाराका साथ किसान बजार समुदघाटन भएको छ।

पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि सीले आज एक कार्यक्रमका साथ बजार उद्घाटन गरेका हुन।  पोखरा १७,२१,२२ र ३३ का किसानको कृषि उत्पादन सङ्कलन गरि किसान र कृषकलाई सहयोग पुराउने उद्देश्यले बजार सञ्चालन गरिएको किसान बजार निर्माण समिति पोखरा १७ का अध्यक्ष चुणमनि बरालले बताए ।

यश किसान  बजारका लागि पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालन गरिएको हो।

बजार हरेक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म, बेलुकी ४ बजेदेखि ७ बजेसम्म सन्चालन हुने पोखरा महानगर कृषि साखा प्रमुख मनोहर कडेरियाले जानकारी गराए।

 

About janmabhumi