जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोओपरेटिभ म्यानेजर्स क्लबको सहकारीमा लेखा नीति सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

पोखरा ।
कोओपरेटिभ म्यानेजर्स क्लब कास्की पोखराको आयोजनामा एक दिवसीय सहकारीमा लेखा नीति सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
अभिमुखिकरण कार्यक्रममा लेखा सम्बन्धि कानुनि कुरा, नेपाल सरकारले निर्माण सहकारी ऐन,नियमावली , नेपाल चार्टर्स एसोसिएसनले निर्माण गरेको लेखा सम्बन्धि निति नियम सम्बन्धि जानकारी गराईएको थियो । उक्त कार्यक्रममा कास्की जिल्लामा रहेका विभिन्न ५८ वटा सहकारीमा कार्यरत ६८ जना कर्मचारीहरूको सहभगिता रहेको सि एम सि कास्कीले जनाएको छ।
कार्यक्रमलाई सि ए राज कुमार फुयलले सहजीकरण गर्नु भएको थियो।कार्यक्रम सि एम सि कास्कीका  संस्थापक अध्यक्ष मिलन ढकालको प्रमुख अतिथियतामा भएको थियो ।कार्यक्रम संस्थाका अध्यक्ष अपिल कोईरालाको सभाअध्यक्षमा भएको थियो।कार्यक्रमको स्वागत कौडा नित्यबाट भएको थियो,जसलाई रोयल सहकारीले सहयोग गरेको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव मोहन प्रसाद अधिकारीले गर्नु भएको थियो।