जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

२ हजार ७१५ जनाको पीसीआर परीक्षण गर्दा मुलुकमा ५९ जना संक्रमित थपिए

जन्मभुमि खबर
काठमाडौं, २५ फागुन । मुलुकमा थप ५९ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या २५ र पुरुषको संख्या ३४ रहेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७१५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५९ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७४ हजार ८६९ पुगेको छ ।

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६० जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ६० जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७० हजार ९८७ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ८ सय ७० रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५६ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१५ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २१ लाख ९९ हजार ९५० जनाको पीसीआर परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा १ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ ।