जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

२ हजार ६१५ जनाको पीसीआर परीक्षण गर्दा मुलुकमा ५३ जना संक्रमित थपिए

जन्मभुमि खबर
काठमाडौं, १ चैत । मुलुकमा थप ५३ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ६१५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा ५३ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७५ हजार २३१ पुगेको छ ।

जसमा महिलाको संख्या ९६ हजार ६०० (३५.१० प्रतिशत) र पुरुषको संख्या १ लाख ७८ हजार ६३१ जना (६४.९० प्रतिशत) रहेको छ ।

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७७ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ७७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७१ हजार ३२६ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ८ सय ८१ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४७ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६१५ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २२ लाख १५ हजार ४११ जनाको पीसीआर परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १४ पुगेको छ ।