जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

२०७८ कार्तिक ०४ गते बिहिबार , हेर्नुहाेस् तपाईंहरूकाे राशि अनुसारकाे भाग्यफल यस्तो छ…

आजको पञ्चाङ्ग

वि.सं. २०७८ कार्तिक ०४ गते बिहीवार तदनुसार ई. सं. २०२१ अक्टोबर २१ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४१, (कौलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५९ बजे र सूर्यास्त : साँझ ०५:२० बजे, चन्द्रास्त : बिहान ०६:१८ बजे र चन्द्रोदय : साँझ ०५:४० बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:०८ बजे र सूर्यास्त : साँझ ०५:२७ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१३ बजे र सूर्यास्त : साँझ ०५:३२ बजे, कार्तिक कृष्णपक्षको प्रतिपदा तिथि, बेलुका ०९:०१ बजेसम्म, त्यसपछि द्वितीया तिथि, अश्विनी नक्षत्र, साँझ ०४:२१ बजेसम्म, त्यसपछि भरिणी नक्षत्र, चन्द्रमा मेष राशिमा (अहोरात्र व्याप्त), वज्र योग, बेलुका १०:०१ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा बालब करण बिहान ०८:१५ बजेसम्म, त्यसपछि कौलव करण बेलुका ०९:०१ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : मानस, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : पूर्व (बेलुका ०९:०१ बजेसम्म), त्यसपछि उत्तर, वारशूल : दक्षिण, वाणपञ्चकमध्ये नृप (राज) वाण : सूर्योदयपूर्व ०३:३७ देखि भोलि बिहान ०३:४१ सम्म, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, आजको मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), शिलान्यास (सामान्य), गृहवास्तु जुरेको दिन, वस्त्राभरण (नयाँ लुगा वा गहना लगाउने), द्रव्यप्रयोग वा लगानी, दैलो राख्ने (द्वारचक्र), पुराणश्रवण,

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०५ गते : अशून्यशयन द्वितीया व्रत, मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), ०७ गते : करवा चौथ (करक चतुर्थी) व्रत, सङ्कष्टी श्री गणेश चतुर्थी व्रत, संयुक्त राष्ट्रसंघ दिवस, मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), गृहवास्तु जुरेको दिन, दैलो राख्ने (द्वारचक्र),

मेषः सुखद समाचार सुनेर दिन सुरु हुनेछ । घरपरिवार तथा समाज तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । व्यापारमा थोरै लगानि गर्दापनि मनग्गे नाफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले दैनिकी सहज हुनेछ । पढाई लेखाईमा थोरै समय दिदा पनि नतिजा तपाईकै पोल्टोमा पर्नेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।

वृषः राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुँदा पद प्राप्तको गतिलो योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तर वा बढुवा हुनेछ । बुवा तथा अग्रजहरुको आशिर्वाद लिदै राम्रा काम गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पती प्राप्त हुनेछ ।

मिथुनः खोज तथा अनुशन्धानको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दीर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुनाले सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा दाजुभाईको सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायि रहनेछ ।

कर्कटः शरिर कमजोर हुनाले दैनिक कामहरु प्रभावित हुनेछन् । व्यावसायमा लगानी गर्दा समय अनुकुल रहेकोले दीर्घ कालिन फाइदा होला । सवारी साधन तथा भौतिक सम्पतीको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । बाध्यतामा तथा अरुकै काममा समय व्यातित हुदा मन खिन्न हुनेछ । सानो उपलव्धीमा दिन व्यातित हुने सम्भावना रहेकोछ ख्याल गर्नुहोला । तरपनि माया प्रेम सुमधुर हुँदै जानेछ ।

सिंहः विभिन्न भौतिक तथा विलाशी सामानको प्रयोग गर्न पाईनेछ । व्यापारमा स्रोत साधन जुट्नाले प्रशस्त आम्दानी हुनेछ । व्यावसाय विस्तारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइ तथा खोजीमुलक क्षेत्रबाट नाम कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

कन्याः न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । बिद्या तथा कुनैपनि प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक मु द्दाहरु सहजै हल भएर जानेछन् । पुराना ऋण तथा रोगबाट मुक्ती पाउने समय रहेकोछ । माया प्रेममा विस्वास गर्दै नयाँ ठाउँको यात्रामा निस्कन सकिनेछ ।

तुलाः पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । शेयर बजार तथा व्यापार व्यावसाय अरु दिन भन्दा सुधार भएर जाने हुनाले दैनिकी सुदृड हुनेछ । चिठ्ठा पर्ने तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । माया प्रेममा नजिक हुने तथा माया प्रेमिल भएर जानेछ । सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । आफन्त तथा छोराछोरिको प्रगतीमा मन प्रशन्न हुनेछ ।

वृश्चिकः आफन्तहरु सँग महत्वपूर्ण भेट हुनेछ भने पति पत्नी बीच सुमधुर अवस्थाको सिर्जना हुनेछ । पढाइ लेखाइमा समयले साथ दिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी समय मध्ययम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । व्यापार व्यावसायमा नाफा कमाउन सफल भइनेछ । आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । दिनको उत्तरार्धमा सुखद समाचार सुनिनेछ ।

धनुः आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको प्रतिफल हातपार्न केही समय लाग्नेछ। तत्काल लाभ नभए पनि मिहिनेतले नाम र प्रतिष्ठा दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।

मकरः अस्वस्थताले काममा जुट्न नसकिए पनि बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ। काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। काममा दोहोर्याएर प्रयत्न गर्दा फल प्राप्त हुनेछ।

कुम्भः लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। तत्काल लाभ नभए पनि केही सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।

मीनः रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। तापनि प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ हुनेछ। विभिन्न भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।