जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सोमबार पोखरामा २२ जनामा कोरोना पुष्टि

जन्मभुमि खबर,

पोखरा ।

सोमबार कास्कीका १६७ जनाको स्वाब परीक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज कास्कीको पोखरा महानगरपालिका वडा नं -५ मा १ जना, पोखरा -६ मा १ जना, पोखरा -८ मा ४ जना, पोखरा -९ मा १ जना, पोखरा १७ मा १ जना, पोखरा -१ मा १ जना, पोखरा- १० मा १ जना, पोखरा -१३ मा ३ जना, पोखरा -१६ मा १ जना, पोखरा -१९ मा १ जना, पोखरा -२९ मा १ जना र पोखरा – ३० का २ जनामा कोरोना पुष्टि भएको विज्ञप्तिमा जनाइएको छ ।

यस्तै आज नै पोखराको मेट्रोसिटी अस्पतालका ३४ वर्षीय पुरुष र मणिपाल शिक्षण अस्पतालका ४५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ ।

यस्तै पोखरा बाहिर कास्कीको रुपा गाउँपालिका -५ का १ जना पुरुष र माछापुछ्रे गाउँपालिका -३ का एक पुरुषको रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

यस्तै गण्डकीका अन्य जिल्ला म्याग्दी जिल्लाका ६ जनाको परीक्षण गरिएकोमा बेनी नगरपालिका -५ का एक पुरुष र पर्वत जिल्लाका १३ जनाको परीक्षण गर्दा कुश्मा नगरपालिका -१२ का १ पुरुषमा कोरोना पुष्टि भएको छ ।

आज पुष्टि भएका सबै २४ संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ७ सय १३ पुगेको छ । जसमा ३८८ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट १४ जना कोरोनामुक्त भएका छन्  । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार १ सय २० पुगेको छ भने, संक्रमणकै कारण अहिलेसम्म २०५ जनाले ज्यान गुमाइसकेका छन्।