जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सोमबार पोखराका ४५ जना सहित कास्कीमा ४६ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा कोरोना भाइरस संक्रमणबाट थप १ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार कोरोना भाइरस संक्रमणबाट पोखरा महानगरपालिका वडा नम्बर १६ का ६५ वर्षीय पुरुषको ज्यान गएको हो । उपचारका क्रममा उनको हिजो आइतबार पोखराको चरक मेमोरियल अस्पतालमा ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनलाई गत चैत्र ३१ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या हालसम्म २ सय ८ पुगेको छ ।

यता कास्कीमा थप ४६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निदेशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरा तथा लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा अन्नपूर्ण गाउँपालिकामा १ तथा पोखरामा ४५ सहित कास्कीमा थप ४६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

अन्नपूर्ण गाउँपालिकामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गाउँपालिका अन्तरगत वडा नम्बर ९ का ६१ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर २ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ६४ वाषर््ीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

३ नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४७ वर्षीय १ जना पुरुष तथा २२ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ४ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा १२ वर्षीय १ जना बालिका तथा १७ वर्षीय १ जना किशोरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ५ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ६ वर्षीय १ जना बालकसहित २७ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ६ मा ५ जनालाई कोरोना भाइरस संक्तमण पुष्टि भएको छ । सो वडामा १६ वर्षीय १ जना बालिका ताथ ४१ वर्षीय १ जना महिलासहित ३८, ४७ र ५४ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

८ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ५ वर्षीय १ जना बालक तथा ३३ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा १० मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३१ वर्षीय १ जना महिला तथा ३१ वर्षीय १ जना पुरुषलाई संक्तमण पुष्टि भएको हो ।

वडा नम्बर ११ मा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४४ वर्षीय २ जना तथा ५७ वर्षीय १ जनासहित ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १२ मा ४४ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१४ नम्बर वडामा ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ६२ र ८० वर्षीय २ जना महिलासहित १६ वर्षीय १ जना बालक तथा ३५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा १५ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ५७ वर्षीय १ जना महिला तथा ४१ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १६ मा ५२ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १७ मा ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १३ वर्षीय १ जना बालिकासहित ४७ र ६३ वर्षीय २ जना महिला तथा १५ वर्षीय २ जना बालक र २५ र ४१ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

१८ नम्बर वडामा ३३ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा १९ मा ५३ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर २० मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर २५ मा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ५५ वर्षीय १ जना महिलासहित ५० र ५८ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

२७ नम्बर वडामा २० वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा २९ मा १ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३१ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ३२ मा ४२ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३३ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४२ वर्षीय १ जना महिला तथा ८५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै गण्कडी प्रदेशका अन्य जिल्ला नवलपरासीमा २ जना, स्याङ्जामा ४ जना, पर्वतमा ४ जना, गोरखामा १ जना, म्याग्दीमा १ जना, लमजुङमा १ जना, बाग्लुङमा १ जना तथा तनहुँमा ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ हजार २ सय ३१ पुगेको छ ।