जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सोमबार पोखराका १५ जना सहित गण्डकीमा थप १८ जनामा कोरोना पुष्टि, २८ जना संक्रमणमुक्त

जन्मभुमि खबर
पोखरा । पोखराका १५ सहित सोमबार गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ३ वटा जिल्लाका १८ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै १५ जना छन् । कास्कीमा थपिएका सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, म्याग्दीका २ जना र लमजुङका एक जनामा पनि कोरोना संक्रमण भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का ५१ र ६५ वर्षीय पुरुष, वडा नं. ७ का १७ वर्षीय पुरुष, वडा नं. ८ का ८० वर्षीय पुरुष, वडा नं. १० का १८ वर्षीय पुरुष, वडा नं. ११ का ६७ वर्षीय पुरुष तथा ५८ वर्षीया महिला, वडा नं. १६ का ७० वर्षीय पुरुष, वडा नं. १७ का २७ र ५० वर्षीया महिला, वडा नं. १८ का ८१ वर्षीय पुरुष, वडा नं.१९ का ३८ वर्षीय पुरुष र वडा नं.२० का ८५ वर्षीय पुरुष, वडा नं. ३१ का ३२ वर्षीय पुरुष, वडा नं. ३२ की ६७ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ की ६३ वर्षीया महिला, वडा नं. ६ का ७३ वर्षीय पुरुष एवं लमजुङको मध्यनेपाल नगरपालिका वडा नं.९ का ७१ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ५९ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट थप २८ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ६३४ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।

हाल प्रदेशभर २२० सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा १९६ जना रहेका छन् ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १७५ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३० हजार ८२४ नमुना परिक्षण भएको छ ।