जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सृजनशील कपको उपाधी गैरावारी युवा क्लवलाई

शिव थापा ,
पोखरा ।

पोखरा २४ बास्काेटमा कात्तिक १७ गतेदेखि सञ्चालन भएको सृजनशील कपको उपाधी गैरावारी युवा क्लवले जितेको छ ।

कपमा कुल २१ टीमको सहभागीता रहेको थियो । पोखराको वास्कोटमा रहेको सृजनशील युवाक्लबले आयोजना गरेको सेभेन ए साइड फुटवल प्रतियोगितामा प्रथम भएको गैह्रावारी युवाक्लवले नगत २५ हजार ,शिल्ड, मेडल सहित प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो भएको आयोजक क्लवले नगद १५ हजार ,शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको थियो ।

खेल अवधीभरको वेष्ट प्लेयर गैह्रावारी युवा क्लवका विक्रम गौतम घोषणा भएका थिए । उनले मेडल प्रमाण पत्र तथा नगत सहित सम्मान गरीएको क्लवका अध्यक्ष राम अधिकारीले जानकारी दिए ।

प्रतियोगितामा सर्वाधीक गोलकर्ता लामागाउँ युवा क्लवका सरोज गुरुङ , म्यान अफ द म्याच सिर्जनशिल युवा क्लवका सागर परियार, उत्कृष्ट गोल रक्षक नीतेश कार्कीले प्राप्त गरेका छन् ।

पोखराका २४,१८ र २३ नम्वर वडाका क्लवहरुविच प्रतिशपर्दा भएको थियो ।