जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुर्य पौडेलको कविता ” हान्ने मन छ भाटाले”।

हाम्रो वाटो हिलो छ ।
हाम्रो वाटो धुलो छ ।
टेन्डर गर्छ सरकारले
काम रोक्छ ठेकदारले ।
टुलुटुलु हेर्छ नेताले
हान्ने मन छ भाटाले
सरकार पनि ठेकेदारको गुलामी
मर्दा पनि नपाओस मलामी ।
जनपर्तिनिधि सवै कमिसनमा हराउने
जनतापनि अव यिसंग कति डराउने
वाटो वन्ने निश्चित नहुदासम्म
गाउ एक रहौ मिली टम्म ।
भोट माग्नेलाई वाटो देखाउ
हिलो र धुलो मस्त चखाउ
भोट भनेकै मात्र तिम्रो अधिकार
विकास नगर्ने र नेतालाइ गरौ वहिष्कार।
लाज सरम भए लिनुस थोरै ज्ञान
नो रोड नो भोट हाम्रो अभियान ।