जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

काठमाडौं : नेकपा एमालेका नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित भएका छन् ।

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता पाण्डे र भुसाललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका हुन् ।

एमालेको केन्द्रीय समितिले गत चैत ८ गते चार नेतामाथि स्पष्टीकरण सोधेको थियो । पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुषालले जवाफ दिएका थिएनन् । फेरि उनीहरूमाथि १६ गते दोस्रोपटक स्पष्टीकरण सोधिएको थियो ।

त्यसको जवाफ उनीहरूले १७ गते दिएका थिए । सोही स्पष्टीकरण चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको भन्दै उनीहरुलाई निलम्बन गरिएको हो ।

यसअघि अध्यक्ष ओलीले नेता माधव कुमार नेपाल र भीम रावललाई पनि स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पार्टीबाट निलम्बन गरेका थिए ।