जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनचाँदीको मूल्य स्थिर

नयाँ आर्थिक वर्ष २०७८/७९ को पहिलो दिन आज साउन १ गते नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार गत बिहीबारकै मूल्य कायम हुँदै सुन प्रतितोला ९३ हजार २०० र चाँदी १ हजार ३२० रुपैयाँ कारोबार भएको हो ।

यस दिन तेजाबी सुनको मूल्य समेत गत बिहीबारकै मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।