जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य बढ्यो

जन्मभुमि खबर
काठमाडौँ, २७ फागुन । बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैँयाले बढेको छ । बुधबार प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन तोलामा ८६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी १२८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।