जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य तोलामा ७०० रुपैयाँ घट्यो

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख १ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर १ लाख ३ सय रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १४०० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १३८० रुपैयाँमा कारोबार भएको हो ।