जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

जन्मभुमि खबर ,
पोखरा ।

आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक हजार रुपैयाँले घट्दै १ लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

अघिल्लो शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै घट्दै १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो शुक्रबारको मूल्यमा २० रुपैयाँले घट्दै आज प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।