जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य घट्यो

नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ । बिहीबार भने प्रतितोला एक लाख १० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँ कायम छ । तेजाबी सुन बिहीबार प्रतितोला एक लाख १० हजार १५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी प्रतितोला २० रुपैयाँले घट्दै एक हजार ३७५ रुपैयाँ कायम भएको छ । बिहीबार भने प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।