जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य घट्यो , चाँदीको स्थिर

गत मंगलबार ५०० रुपैयाँले बृद्धि भएको सुनको भाउ बुधबार पुन ४०० रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ८९ हजार ९०० रुपैयाँमा झरेको हो ।

गत मंगलबार बजारमा सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तर, यता चाँदीको मूल्य भने तीन दिन यताकै निरन्तर बुधबार पनि स्थिर रहँदै प्रतितोला एक हजार १६० रुपैयाँ नै कायम भएको महासंघले जनाएको छ ।  तेजाबी सुनको मूल्य भने तोलामा ४०० रुपैयाँले नै बृद्धि हुँदै आज ८९ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।