जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मुल्य तोलामा आठ सयले बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज एकैदिन तोलामा आठ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी आज प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ ।