जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मुल्य तोलाको एक लाख नाघ्यो

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ६०० ले बढेर एक लाख ३०० रुपैयाँ पुगेको छ । बिहीबार प्रतितोला ९९ हजार ७०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार २०० थियो ।

यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा आज प्रतितोला ३० रुपैयाँले बढेर एक हजार ३९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।