जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सालका काठसहित स्याङ्जाबाट एकजना पक्राउ

जन्मभुमि खबर
स्याङजा: अवैध सालको काठसहित स्याङ्जामा एकजना पक्राउ परेका छन् ।

२१ वटा सालका काठसहित चापाकोट नगरपालिका ९ फूलवारीका ३५ वर्षीय सुन्दर परियार पक्राउ परेका हुन् । काठलाई जीपमा लोड गरेर हिँडिरहेको अवस्थामा परियारलाई प्रहरीले शनिवार साँझ चापाकोटबाटै पक्राउ गरेको जनाएको छ।

ग १ ज नम्बरेको ७४८३ नम्बरको बलेरो जीपमा त्रिपालले ढाकेर लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

ती काठसहित परियारलाई आवश्यक कारवाहीको लागि सब डिभिजन वन कार्यालय दामाचौरमा बुझाइएको प्रहरीको भनाइ छ।