जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सामान्य घट्यो सुनको मुल्य

सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा एकसय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले घट्दै ९४ हजार ४०० रुपैयाँमा झरेको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा एकसय रुपैयाँले नै घट्दै ९३ हजार ९०० रुपैयाँमा झरेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।