जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सामान्य घट्यो सुनको मुल्य

साताको दोस्रो दिन सुनको मूल्यमा २ सय रूपैयाँ घटेको छ।

आइतबार तोलाको ९४ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ९४ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार तेजाबी सुनको मूल्य ९३ हजार ८ सय रूपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य भने तोलमा १० रूपैयाँ घटेर १ हजार २६५ रूपैयाँ कामय भएको छ। आइतबार चाँदी १ हजार २७५ रूपैयाँमा कारोबार भएको थियो।